राजनीति

नेकपा ओली पक्षको स्थायी कमिटी बैठक आज पनि

इकागज |
फागुन १३, २०७७ बिहिवार ७:४२ बजे

काठमाडौं : सत्तारुढ नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के गर्ने ? भन्ने विषयमाथि छलफल जारी रहनेछ ।

यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने छलफल भएको थियो । विश्वासको मत जित्नका लागि पर्याप्त छलफल र बहस गर्ने पनि ओली पक्षीय स्थायी कमिटी बैठकको तयारी छ ।


यस्तै अदालतको आदेश अनुसार अगाडि बढ्ने र तोकिएकै समयमा प्रतिनिधि सभाको अधिवेशन बोलाउने विषयमा पनि ओली पक्षीय स्थायी कमिटी बैठकको जोड छ । 


 


Author

थप समाचार
x