राजनीति

एकताको प्रस्ताव लिएर गएका गौतमलाई दाहालको जवाफ : हामी पहल गरिरहेका छौँ तपाईं पनि लाग्‍नुस्

इकागज |
फागुन १३, २०७७ बिहिवार ११:३८ बजे

काठमाडौँ : नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । गौतमले बिहीबार बिहान साढे ७ बजे दाहाल निवास खुमलटारमा गएर छलफल गरेका हुन् ।

गौतमको सचिवालयका अनुसार गौतमले दाहाललाई एकताको प्रस्ताव लिएर गएका हुन् । गौतमले दाहालसँग फुटेरभन्दा जुटेर अगाडि बढ्‍नुपर्ने प्रस्ताव गरेका थिए । 'गौतमको प्रस्तावलाई अध्यक्ष प्रचण्डले पार्टीमा छलफल गर्ने बताउनुभयो' दाहालको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार विष्णु सापकोटाले इकागजसँग भने 'हामी पनि पहल गरिरहेका छौँ तपाईं पनि एकताको पक्षमा लाग्‍नुस् ।'


सापकोटाका अनुसार कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर निकास दिनुपर्ने गौतमले बताएका थिए ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि दाहाल र माधव कुमार नेपाल एउटा समूहमा छन् भने ओली अर्को समूहमा छन् । त्यस्तै पार्टी एकता गर्न गौतम दुवैतिरबाट छुट्टिएका छन् ।
 


Author

थप समाचार
x