राजनीति

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु

इकागज |
फागुन १३, २०७७ बिहीबार १५:५५ बजे

तस्बिर : सरोज बैजु/इकागज

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक सुरु भएको छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसलापछिको राजनीतिक समीकरणका विषयमा छलफल गर्न बैठक बसेको हो । 

‘बैठक सुरु भयो,’ कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘बैठकमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी सबै सहभागी हुनुहुन्छ ।’यस अघि बुधबार नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले देउवालाई उनकै निवासमा भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । जवाफमा देउवाले पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । आजको बैठकमा दाहाल–नेपाललगायत नेताहरुले गरेको प्रस्तावबारे बिफ्रिङ गराउने छन् ।   



Author

थप समाचार
x