राजनीति

‘ओलीको भविष्य अध्याँरो सुरूङमा पसिसक्यो’

इकागज |
फागुन १३, २०७७ बिहीबार १६:५२ बजे

काठमाडौँ : जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले नैतिकताको आधारमा ओलीले राजीनामा दिँदा उत्तम हुने धारणा पनि राखे । 

नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरे । सहकार्यका लागि आफूहरूले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको उनले बताए । 


नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उनले उक्त भेटमा दाहाल–नेपालले नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि जानकारी दिए । उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गरे ।


Author

थप समाचार
x