राजनीति

गोकुल बाँस्कोटालाई अस्ट्रेलियाको पीर !

इकागज |
फागुन १३, २०७७ बिहीबार १८:१४ बजे

फाइल तस्‍वीर

काठमाडौंँ : नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले सामाजिक सञ्‍जाल ट्वीटरमा सक्रिय नेता हुन् । विभिन्‍न समसामयिक विषय र विपक्षीमाथि उनले सामाजिक सञ्जालबाटै कडा टिप्पणी गर्छन् । सञ्‍जालबाटै कडा व्यङ्ग्य गर्छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सरकारइतरका दलहरूले प्रतिगमनको संज्ञा दिए । देशव्यापी आन्दोलन समेत भयो । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णयसमेत बदर गरिदियो । 

यही प्रतिगमन शब्दलाई उनले अस्ट्रेलियाले हालै ल्याएको सामाजिक सञ्‍जाल सम्बन्धी कानुनसँग दाजेर व्यंग्य गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा बिहीबार अपरान्ह उनले अब सिडेनीमा प्रतिगमन रोक्न कसले आन्दोलन गरिदेला भन्दै व्यंग्य गरेका छन् ।


‘अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी  कानुन पास गरेछ,’ उनले लेखेका छन्, ‘अब त्यहाँको नागरिक र आर्थिक स्वतन्त्रता अनि प्रतिगमन रोक्न सिड्नीमा कस्ले आन्दोलन गरिदेला ? आफ्लाई कस्तो पीर लागो बाई !!'

 


Author

थप समाचार
x