राजनीति

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्‍था गम्‍भीर

इकागज |
फागुन १४, २०७७ शुक्रबार १२:१६ बजे

काठमाडौँ : पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्‍था गम्‍भीर रहेको उपचारमा संलग्‍न चिकित्‍सकले बताएका छन् । गएराति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएकोमा शुक्रबार बिहान उनलाई त्यहाँबाट नर्भिक अस्पताल पुर्‍याइएको थियो । उनलाई ब्रेनह्यामरेज भएको छ ।

वीर अस्पतालमा डा.भुपेन्द्र बस्‍नेतको टोलीले माइनर अप्रेसन गरेपछि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लगिएको उनका दाजु राजुराज जोशीले इकागजलाई जानकारी दिए । उनकाअनुसार मस्‍तिष्‍को नसामा रगत जमेको र त्‍यसलाई हटाउन समय लाग्‍ने भन्‍दै भेन्‍टिलेटरमा  राखेर उपचार भइरहेको छ । 


चिकित्‍सककाअनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो ।  त्यसलाई शल्यक्रिया गरेर पनि निकाल्न नसक्‍ने चिकित्‍सकले बताएका छन् । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको चिकित्‍सकले जानकारी दिए ।


 


Author

थप समाचार
x