राजनीति

ओलीले सांसदहरुसँग भने : राजीनामा दिन्‍न तपाइँहरु पनि त्यही अनुसार लाग्‍नुस्

इकागज |
फागुन १४, २०७७ शुक्रबार १७:२९ बजे

तस्बिर : राजीव पहारीको फेसबुकबाट

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका सांसदहरुसँग छलफल गरेका छन् ।  शुक्रबार होटल याक एण्ड यती होटलमा आफू निकटका सांसदहरुसँग छलफल गर्दै ओलीले आफूले पदबाट राजीनामा नदिने दोहोर्‍याए । त्यस्तै ओलीले बालुवाटारमै पनि केही सांसदहरुसँग छलफल गरे । 

‘प्रधानमन्त्रीबाट राजीनामा दिने कुरै छैन । जे आउँछ त्यसलाई फेस गरेर जाने हो तपाइँहरु पनि त्यही अनुसार लाग्नुस्,’ छलफलमा सहभागी गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले प्रधानमन्त्रीलाई उदृत गर्दै भने । उनका अनुसार छलफलमा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर हिँड्ने छुट आफूलाई नरहेको बताए ।  
 ओलीले भोली शनिबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बागमती प्रदेशका सांसदहरुसँग छलफल गर्दैछन् ।     



Author

थप समाचार
x