राजनीति

ओलीले माधवकुमार नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना बनाएका थिए : दाहाल

इकागज |
फागुन १५, २०७७ शनिबार १४:२३ बजे

फाइल तस्‍वीर

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले पार्टी एकतापछि माधवकुमार नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना बनाएको बताएका छन् । शनिबार काठमाडौँमा शिक्षक संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूले त्यसो हुन नदिएको दाबी गरे ।

‘माधवजीलाई चार जिल्लामा सीमित गर्ने ओलीको योजना थियो, उनले भने, 'प्रचण्डलाई उपयोग गर्ने रणनीति थियो । चार जिल्लाका मात्रै अध्यक्ष या कार्यविभाजनमा पार्ने र माधवलाई र माधवलाई समर्थन गर्ने सबैलाई निमोठेर सिध्याउने त्यसपछि प्रचण्डलाई किचिक्क पार्ने योजना थियो । एकता भएको मैले एक महिनामै बुझिहालेँ । बडो षड्यन्त्रकारी मान्छेको फेला परिएछ भन्ने लाग्यो । तुरुन्तै झगडा गर्न पनि के थालौं भनेर सहेँ ।'


दाहालले केपी ओलीले आफूलाई महाराज धिराज ठान्ने गरेको समेत बताए । ओलीमा अरुको आलोचना सुन्न नसक्ने, बैठक, छलफल मन नपराउने चरित्र रहेको आरोप लगाए । ‘केपी ओलीले आफूलाई महाराज धिराज नै ठान्छन्,’ उनले भने,‘उहाँमा अरुको आलोचना सुन्न नसक्ने, बैठक, छलफल मन नपराउने प्रवृत्ति छ ।’ 


Author

थप समाचार
x