राजनीति

पोखरामा पोखरा रंगशाला अवलोकनपछि प्रधानमन्त्री ओलीले भने

'बास्केटबल खेल्न खोजेको पातलो मान्छे लडिहालेँ'

इकागज |
फागुन १७, २०७७ सोमबार १६:२१ बजे

पोखरा : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले आफ्नो शारीरिक बनोट हेरेर खेल रोज्नुपर्ने बर्ताका छन् । आफू पातलो भएकाले बास्केटबल खेल्न नसकेको भन्दै उदाहरण दिए । ‘म पातलो मान्छे बास्केटबल खेल्न लाको, लडिहालें, यस्सो ड्यासिङ, ट्याकल गर्दियो भने त लडिहालिने,’ उनले भने । 

खेलाडीहरूको खेल कौशल प्रशिक्षकले उचित रूपमा चिन्ने भएकाले आफूले राम्रो गर्न सक्ने खेलमा लाग्नुपर्ने सुझाए । नेपालीहरू राम्रो अभ्यास पाएभने कहिल्यै पनि हार्न नसक्ने बताए । पोखरामा पोखरा रंगशालाको अवलोकनपछि बोल्दै प्रधानमन्त्री ओलीले नेपालले दक्षिण एसियाली खेलकुदमा पाएको सफलताले नेपाली खेललाई व्याख्या गर्ने बताए । 


‘अघिल्लो खेलभन्दा अहिलेको खेलमा १७ गुणा बढी स्वर्ण जित्यौं, अब नेपाली हार्दैनन्,’ उनले भने । पोखरा रंगशलााको निर्माण कार्य छिट्टै सकिने  प्रधानमन्त्री ओलीले बताए ।


Author

थप समाचार
x