राजनीति

नदीपुरबाट पक्राउ गरिएका नेताहरूलाई रिहा गर्न नेविसंघको माग

इकागज |
फागुन १७, २०७७ सोमवार १७:३० बजे

काठमाडौँ : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार कास्की नदीपुरबाट पक्राउ गरी हिरासतमा राखिएका संगठनका नेताहरू प्रताप बानियाँ, अशिम शुवेदी, सन्देश ठकुरी र रमेशचन्द्र जैसीलाई रिहा गर्न माग गरेको छ । 

अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरेर लोकतन्त्र र संविधानको धज्जी उडाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधस्वरुप कालो झण्डा देखाउने क्रममा पक्राउ परेका नेताहरूलाई बिनासर्त रिहा गर्न माग गरेका हुन् । 


आफ्‍ना नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रन बाध्य हुने पनि अध्यक्ष ढुंगानाले विज्ञप्तिमा उल्लेख छ । नेविसंघले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा पदबाट राजिनामा दिनु पर्ने पनि बताएको छ ।

 
 


Author

थप समाचार
x