राजनीति

ओलीले सत्ताको तुजुक देखाएका हुन् सबै ठिक हुन्छ : झलनाथ खनाल

पार्टीमा ओलीको कुनै औचित्य नै छैन

इकागज |
फागुन १७, २०७७ सोमवार १७:३४ बजे

फाइल तस्बिर

काठमाडौँ  : नेकपा (दाहाल–नेपाल खेमा) का बरिष्ठ नेता झलनाथ खनालले सत्तामा रहेकाहरूमा त्यसको तुजुक देखाउने काम गरिरहेका तर त्यो दिगो नहुने बताएका छन् । ‘नैतिकता थियो भने आफूले विघटन गर्न सिफारिस गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतबाट बदर भएपछि तत्काल राजीनामा दिनु पर्ने थियो,’ उनले भने, ‘प्रधानमन्त्रीलाई यतिबेला मुख देखाउन पनि लाज हुनुपर्ने । अहिले अनेकन भन्दै हिड्नुको कुनै तुक छैन ।’ 

इकागजसँग कुरागर्दै खनालले भने, ‘हामी के गर्ने छलफल गरिरहेका छौँ । सिंगो नेकपा हामी हौँ । ओली जी एक्लिसक्नु भएको छ ।’ हामीले पुनः स्थापना हुन्छ भनेका थियौँ त्यो हचुवा थिएन ऐन कानुन पढेर भनेका थियौँ न्यायालयले त्यसमा गहन अध्ययन गरेर निश्कर्ष दिएकाले दल सम्वन्धि विवाद पनि टुंगोमा पुग्‍ने बताए । 


‘संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग हामीले पटक पटक छलफल गरेका छौँ,’ उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता नियाल्ने हो भने आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह बहुमत पक्षमै आउनेछ ।’

आयोगले पनि अध्ययन गरेर कागजमा लेखिएका विषय नै पढ्न हो अनुहार हेर्ने होइन भन्दै उनले भने, ‘हामीले एउटा पद्धतिलाई पच्छाएका छौँ तर ओली जीले एकल नेतृत्वलाई जोड दिँदै जनताको त्यागबाट आएको संविधान नै धारापमा पार्ने काम गर्नुभयो ।’ 

अवका दिनमा त्यसको हुन पाउँदैन भन्दे उनले भने, ‘हामीले संसदमा अविश्वासको प्रस्ताव यसअघि नै दर्ता गरेका छौँ त्यो विषयमा पनि छलफल गरेर टुंगोमा पुग्‍ने छौँ ।’ केन्द्रिय समिति, स्थायी समिति सबै बैठक बसेर छलफल गर्दै निर्णयमा पुग्‍ने पनि उनले बताए । बहुमत नेतृत्व र कार्यकर्ता यता हुँदाहुँदै अ‍ोली ग्यांगले प्रमुख सचेतक नै फेर्ने अनि संसद्मा रहेकाहरु पढ्दै नपढी ढड्डामा राख्‍ने कार्य भनेको सत्ताको बचेखुचेको तुजुक हो । यस्ता कार्यले नै ओली खुम्चिएका हुन, अव छिट्टै नेकपाबाट बाहिर रहने र उनको औचित्य नै सकिने बताए । 


Author

थप समाचार
x