राजनीति

प्रतिनिधि सभामा प्रधानमन्त्रीको विश्‍वासको मतबारे प्रक्रिया सुरु हुनुपर्छ : पूर्वसभामुख ढुंगाना

इकागज |
फागुन १७, २०७७ सोमबार १९:४२ बजे

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभाको अब बस्‍ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्‍वासको मतको कारबाही प्रारम्भ र निर्क्यौल हुनुपर्ने बताएका छन् । पूर्वसभामुख ढुंगानाले सोमबार सामाजिक सञ्‍जाल ट्‍वीटरमा सत्तारुढ दल नेकपा जुटफुटको यथार्थ स्थितिबारेमा प्रतिनिधि सभा बैठकमा सुरु हुने प्रक्रियामा सभामुखलाई पूर्ण सहयोग गर्ने पनि बताएका छन् । 

'प्रतिनिधि सभाको मूल्यवान समय सदुपयोग हेतु, पहिलो बैठकमै देख्‍न पाइयोस्– नेकपा जुटफुटको यथार्थ स्थिति।अनि प्र.म.माथि विश्‍वासको कारबाही प्रारम्भ र निर्क्यौल। सभामुखलाई पूर्ण सहयोग,' ढुंगानाले ट्‍वीटरमा लेखेका छन् ।


सर्वोच्च अदातले प्रतिनिधि सभा विघटन गर्ने निर्णय सच्याएपछि संवैधानिक त्रुटि सच्चिएको र राजनीतिक मुद्दा मच्‍चिएको उल्लेख गरेका छन् । 


Author

थप समाचार
x