राजनीति

सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

भोलि ओली र विप्लवले एउटै मञ्‍चबाट सम्बोधन गर्ने

इकागज |
फागुन २०, २०७७ बिहिवार १०:३४ बजे

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको हो । 

सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका
छन्।


सहमतिको विस्तृत विवरण फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट पार्टीका महासचिव ‘विप्लव’ले सम्बोधन गर्नेछन् ।


Author

थप समाचार
x