राजनीति

‘सरकार-विप्लव सहमतिमा हतियार बुझाउने बुँदा खै ?’

इकागज |
फागुन २१, २०७७ शुक्रबार १७:२० बजे

काठमाडौँ  :  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिको स्वागत गर्दै सहमतिको बुँदामा थप गर्नुपर्ने सुझाब दिएका छन् ।  उनले कम्युनिष्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैन भनेर उल्लेख गर्नुपर्ने बताए । उनले पुष्पकमल दाहाल आउँदा केही हतियार खोलाले बगायो, विप्लव आउँदा पुरै भन्दै प्रश्‍न गरेका छन् । 

शर्माले नेपालको पुरै कम्युनिष्ट आन्दोलनलाई प्रश्‍न गरेका छन् । ‘नेपालको पुरै कम्युनिष्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्‍न,’ उनले लेखेका छन्, ‘कम्युनिष्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार । विप्लव आउँदा पुरै । राज्यलाई हतियार बुझाउने चौँथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।’ 


उनले सहमतिलाई स्वागत गर्दै भनेका छन्, ‘सहमतिलाई स्वागत ०२८ मा केपी, सीपी,०५२ मा प्रचण्ड–बाबुराम अहिले विप्लव–प्रकाण्ड रेड बुक, नाम र काम उस्तै, परिणाम उस्तै ।’ 

 

 


Author

थप समाचार
x