राजनीति

स्थानीयको विरोध-प्रतिराेधमा समर्थन छ : भुसाल

इकागज |
फागुन २२, २०७७ शनिबार ७:११ बजे

काठमाडौँ : शुक्रबार रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रमलाई स्थानीयले विरोध गर्दै अर्थमन्त्री विष्णु पौडेललाई लक्षित गरेर ढुंगामुडा गरे । त्यसको कारण थियो स्थानीयको बिरोध हुँदा-हुँदै पनि त्यहाँ कार्यक्रम गर्नु । सरकारले स्थानीय विराेधलाई वेवास्ता गर्दै बल प्रयाेग गरेर कार्यक्रम गरेको कारण झडप भएको थियो । झडपका कारण स्थानीय र सुरक्षाकर्मी घाइते समेत भए । 

स्थानीयको अवरोधपछि मन्त्री पौडेल भाषण गर्दागर्दै हिँडेका थिए । यो घटनालाई नेकपा दाहाल-नेपाल समूहका नेता तथा सोही क्षेत्रका सांसद घनश्याम भुसालले भने स्थानीयको विरोध प्रदर्शनमा आफ्नो पनि समर्थन रहेको बताएका छन् । उनले विज्ञप्ति नै जारी गरेर कामचलाउ सरकारका दुई दुई जना मन्त्री जुन दमनपूर्ण हर्कद गरे त्यसबाट नै उनीहरूको जनविराेधी मुकुण्डो उदांगो भएको भन्दै उक्त घटनामा स्थानीयको उनले समर्थन गरेका थिए ।


उनको वक्तव्य जस्ताको तस्तै :

 
नोट: 'विष्णु पौडेललाई लक्षित गरेर ढुंगा हानेको घटनामा मेरो समर्थन छ : भुसाल' नामक  शिर्षकले पाठक र स्वयं विज्ञप्ति जारी गर्ने नेता भुसाललाई नै केही असहज पर्न गएकाले सच्चाइएको छ। 


Author

थप समाचार
x