राजनीति

भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकेर अगाडि बढाउँछौ : अर्थमन्त्री पौडेल

उत्पादनमुलक उद्योग र पर्यटन क्षेत्रलाई विद्युतको 'डिमाण्‍ड शूल्क' छुट दिने

इकागज |
फागुन २२, २०७७ शनिबार १४:७ बजे

फाइल तस्‍वीर

काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताए । सबै लक्षित समुदायमा खोप पुर्‍याउने उनको भनाइ छ । 

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरू, उद्योगहरूको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्ण काम गरेको जिकिर गरे । उनले भने,  ‘भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकेरअगाडि बढाउँछौ । सबै लक्षित समुदायमा भ्याक्सिन पुर्‍याउछौँ ।’


अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र पर्यटन क्षेत्रको लागि विद्युतको डिमान्ड शूल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए । उनले भने, ‘विद्युतको डिमान्ड शूल्क बारे हामीले एउटा निर्णय गर्‍यौ। उत्पादनमुलक उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्‍यौ। पछि होटल टुरिजम सेक्टरको पनि डिमान्ड शुल्क छुट पाउने निर्णय गरेको छौँ ।’

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए । समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ ।


Author

थप समाचार
x