राजनीति

नेकपा नाम कट्टेललाई, सत्तारुढ दल पार्टी नाम बेगर

इकागज |
फागुन २३, २०७७ आइतबार १५:७ बजे

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेल नेतृत्वकै पार्टीले पाएको छ । सर्वोच्चमा परेको मुद्दामा कट्टेलको पक्षमा आदेश भएको हो । अदालतको यो आदेशले सत्तारुढ दल नाम बेगरको पार्टी भएको छ । 

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश गरेको हो।  कट्टेलले नेकपा दाबी गर्दै रिट निवेदन दायर गरेका थिए । 


निर्वाचन आयोगले २०७५ जेठ २३ मा नेकपा नाम अभिलेखीकरण गरेको थियो । कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएको थियो । उनले अरु हैसियतमा नभएर खाली नामका लागि मात्रै आफ्‍नो दाबी प्रस्तुत गरेका थिए । 


Author

थप समाचार
x