राजनीति

एमाले पाल्पा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सारु

एमाले-पाल्पा-काठमाडौं-सम

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:२ बजे

 

काठमाडौं- नेकपा एमाले पाल्पा-काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले निल सारु मगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण अधिकारी, सचिवमा दधिराम पोखरेल, सह सचिवमा सञ्जय भट्टराई र कोषाध्यक्षमा हरी भण्डारी रहेका छन् ।

नव निर्वाचित अध्यक्ष सारु मगरले पाल्पा जिल्लाको कम्युनिष्ट आन्दोलनमा पाल्पा सम्पर्क मञ्चको योगदान सदैव उल्लेखनीय रहेको उल्लेख गर्दै आगामी दिनमा मञ्चको राजनैतिक गतिबिधिलाई अझ शशक्त ढंगले अगाडि बढाउन सबैको भूमिका रहनुपर्ने बताए ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज दल वहादुर रानाको प्रमुख अतिथ्यतामा सम्पन्न सम्मेलनले सम्पर्क समन्वय कमिटीका सह संयोजक थानेश्वर बश्याललाई समग्र सम्पर्क मन्चहरुको अभियानमा गरेको योगदानको कदर गर्दै दोशल्ला ओडाएर सम्मान गरियो ।



Author

थप समाचार
x