राजनीति

राष्ट्रपतिको सर्वदलीय बैठक

ओलीले ताजा जनादेश भनेपछि बैठक भाँडियो

इकागज |
चैत ३, २०७७ मंगलबार १८:६ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठक एक घण्टा भन्दा बढी समय बसेर सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नयाँ जनादेशमा जानुपर्ने कुरा राखेपछि बैठक असहजतर्फ गएको थियो । राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा आफू चिन्तित रहेको बताउँदै दलहरु मिलेर अघि बढ्न आग्रह गरेकी थिइन् ।  

उनको आग्रह लगत्तै प्रधानमन्त्री ओलीले अबको राजनीतिक निकास भनेको ताजा जनादेश भएको बताएपछि बैठक असहजतातर्फ मोडिएको थियो । 
बैठकमा सहभागी नेताहरुले ‘ताजा जनादेशमार्फत नै दुई तिहाइ मतसहितको सरकारको नेतृत्व तपाइँले नै गर्नु भएको होइन र  ?’ भन्दै प्रश्न गरे । 


नेताहरुको प्रश्नमा अवाक भएका प्रधानमन्त्री जवाफ दिँदै भने, ‘तपाईँहरुले अरु केही भन्नु छ । यो त बितेका कुरा हुन् ।’ नेताहरुको जवाफ दिन नसकेपछि ओली आरोप प्रत्यारोपमा उत्रिएका थिए ।  राष्ट्रपतिले बोलाएको यो बैठक प्रधानमन्त्री केपी ओलीलाई सहज पार्नका लागि बोलाइएको आरोप थियो ।   


Author

थप समाचार
x