राजनीति

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

इकागज |
फागुन २६, २०७८ बिहीबार २२:० बजे

काठमाडाैँ - सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी)मा उमेशसिंह थानीलाई नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।


सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर बिदा भएपछि नेतृत्वविहिन बनेको निगममा यसअघि सरकारले सुशील भट्टराई कामु कार्यकारी निर्देशक नियुक्त गरेकाे थियाे।

पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको एमडीका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो । फागुन १२ गतेबाट आयल निगम एमडी छनोट समितिले आवेदकको अन्तरर्वाता सुरु गरेको थियाे ।


Author

थप समाचार
x