संघीय सरकारसँग भिडन्त गरेर पनि सामान्तर प्रहरी इकाई स्थापना गर्नेछौं : मन्त्री साह
जनकपुरधाम – संघीय सरकारसँग भिडन्त गरेर पनि सामानान्तर प्रदेश प्रहरी गठन गर्ने मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले चेतावनी दिएका छन् ।
बुधबार जनकपुरमा प्रदेश सरकार तथा जनप्रतिनिधिसँग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री साहले भने, 'संघीय सरकारले प्रदेशलाई प्रहरी हस्तान्तरणमा आनाकानी गर्दै आएकोले हामी सवोच्चसम्म पुगिसक्यौ, अब त भिडन्तै गर्ने अवस्था आइसकेको छ ।'
उनले थप्दै भने, 'सर्वोच्च अदालतका न्यायाधीशले आफूलाई स्थानीय तहको निर्वाचनको मुखमा केही गर्न नहुने भन्दै आएको र आफू पनि स्थानीय तहको निर्वाचन व्यस्त भएकोले यो निर्वाचन सकिए लगतै प्रदेश प्रहरी भर्नाको विज्ञापन गर्नेछौं ।'
संघलाई टक्कर दिन प्रदेश सरकारले मन्त्रिपरिषदको बैठकबाट निर्णय गराएर सय/दुई सय भएपनि विज्ञापन खाेल्ने उनले बताए । उनले भने, 'सो विज्ञापनविरुद्ध संघ सरकारलाई सर्वोच्चसम्म पुग्ने निश्चित नै छ । यदि सर्वोच्च अदालतले प्रदेशको काममा अवरोध गरे भने भिडन्त गरेर भए पनि जहाँ जहाँ संघ सरकारको प्रहरी इकाई त्यही गएर सामान्तर इकाई स्थापना गर्नेछौं आफूलाई कसैको डर छैन, आफू १० वर्ष लडेर आएको मान्छे हुँ।'
उनले थप्दै भने, ‘संघीय सरकारले प्रदेश प्रहरी हस्तान्तरण तथा भर्नामा बेवास्ता गर्दा आफूहरुले ठोस निर्णय गर्न कर्मचारीहरु भन्दा टेर्दै टेर्दैन, एउटा टिप्पणी पनि उठाउन मान्दैन । कर्मचारीहरु पनि के गरोस् आखिर संघ सरकार मातहतका नै हुन, उनीहरुलाई सरुवा बढूवाको चिन्ता भएको कारण संघ सरकारसँग टसन लिन मान्दैनन्।'
मन्त्री साहले एउटा नगरपालिकाले नगर प्रहरी राख्न पाउने अधिकार छ, तर प्रदेश सरकारलाई किन छैन भन्दै प्रश्न गरे । उनले भने, 'संघीय सरकारको बदनियतीका कारण प्रदेश सरकारलाई शान्ति सुरक्षाको सवालमा निरिह बन्नु परेको छ । त्यसको प्रभfव प्रदेश प्रहरी भर्नामा परेको छ तर जे भए पनि चाँडै हामी प्रहरी भर्ना गर्नेछौ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया