राजनीति

राष्ट्रपति भण्डारी बंगलादेश जाँदै, विभिन्‍न सम्झौता हुने

इकागज |
चैत ९, २०७७ सोमबार ८:७ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि सोमबार (आज) बंगलादेशको ढाका प्रस्थान गर्दैछिन् । बिहान ८ : ४० बजे नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत राष्ट्रपति भण्डारी ढाका प्रस्थान गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जान लागेकी हुन् । राष्ट्रपति भण्डारी ५० जनाको जम्बो टोली लिएर बंगलादेश भ्रमणमा निस्किएकी हुन् ।


राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन् । स्वागतपछि राष्ट्रपति भण्डारीलाई सलामीसहितको सम्मान दिने कार्यक्रम तय छ । भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्‍न सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।


Author

थप समाचार
x