राजनीति

सामाजिक सञ्जालमा एमालेलाई पछ्याउने धेरै, नेतामा बाबुराम भट्टराई

कमल धिताल |
बैशाख १०, २०७९ शनिबार १२:५३ बजे

काठमाडौँ - स्थानीय तहको निर्वाचन आउन अब २० दिन बाँकी रहँदा दलहरूले कसरी हुन्छ गठबन्धन गर्ने र तयारी तीव्र कसरी तीव्र बनाउने तर्फ लागेका छन् । चुनाव नजिकिएसँगै दलहरू चुनाव प्रचारप्रसारका लागि गाँउ-गाउँ पुगेका छन्। आफ्नो क्षेत्रलाई कसरी आफ्नो फेभरमा पार्ने भन्नेमा लागेका छन् । भौतिक रूपमा तयारी गर्दै दलहरूले भर्चुअल प्रचारप्रसारलाई पनि तीव्रता दिएका छन् । 

प्रविधिको बढ्दो प्रयोग र गाँउमा पुगेका टेलिकम अपरेटरहरूको सहायताबाट एसएमएस तथा सोसल मिडियाको प्रयोग गरेर प्रचारलाई तीव्रता दिएका छन्। सोसल मिडियामा लोकप्रिय दलका केही नेताहरूले यसको भरपुर उपयोग गर्दा भर्खरै तथा थोरै फलोअर्स भएका र प्रविधिमैत्री नभएका नेताहरूलाई भने यसले असर पार्ने देखिन्छ। हाल प्रमुख दलले आफ्नो दलको सोसल मिडिया पेज बनाएर त्यसबाट प्रचार गर्ने गरेका छन् । गत चुनावमा एकजुट भएका कम्युनिस्टहरू पछि फुटेर हाल तीन तिर भएका छन् । जुटेर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका दलहरू अदालतको आदेशपछि अलग भएर नेकपा एमाले, माओवादी केन्द्र र समाजवादी भएका छन्। 


चुनाव केन्द्रित बनेका दल तथा नेताहरूके सामाजिक सञ्जालमा लोकप्रियता कस्तो छ भनेर हामीले यिनीहरूको सामाजिक सञ्जालमा चाहारेका छौं ।

नेकपा एमाले

नेकपा एमाले हाल प्रतिपक्षको भूमिकामा रहेको छ। अध्यक्ष ओली हाल चुनाव प्रचारका लागि देश दौडाहामा छन्। सोसल मिडियामा नेकपा एमालेको बलियो पकड रहेको छ । एमालेको आधिकारिक फेसबुकमा हाल ३ लाख ५१ हजार फलोअर्स रहेका छन् । ट्वीटरमा भने एमालेको पकड खास्सै राम्रो छैन् । पार्टीको आधिकारीक ट्वीटर ह्यान्डलमा ७ हजार ४ सय ५५ फलोअर्स रहेको छ। एमालले ग्रुपहरूमा राम्रो पकड बनाएको छ। साइवर सेना, आइटी आर्मी लगायतका ग्रुप बनाएर पनि सोसल मिडियामा पकड बनाएको छ । 
फेसबुक-  ३ लाख ५१ हजार
ट्वीटर- ७४७३

नेपाली कांग्रेस

सत्तारूढ दल कांग्रेसको सोसल मिडियामा राम्रै पकड भएको दल हो। कांग्रेसको आधिकारिक फेसबुक पेजमा हाल करिब ३ लाख ५ हजार फलोवर्स रहेको छ। ट्वीटरमा भने कांग्रेसको एमालेभन्दा राम्रो पकड रहेको छ। हाल ट्वीटरमा कांग्रेसको करिब १९ हजार ३ सय फलोवर्स रहेका छन्। फेसबुक ग्रुपहरूको कुरा गर्दा कांग्रेसको पनि राम्रो पकड रहेको छ। कांग्रेसको नामबाट सबैभन्दा धेरै ४ लाख ३८ हजार मेम्बर भएको ग्रुप रहेको छ जसको सक्रियता निकै राम्रो छ।
फेसबुक-  ३ लाख ५ हजार
ट्वीटर- १९ हजार ३ सय

माओवादी केन्द्र 

हाल गठबन्धन सहित सत्तामा रहेको दल नेकपा माओवादी केन्द्रको भने आधिकारिक फेसबुक अकाउन्टमा जम्मा ३ हजार १ सय फलोवर्स रहेका छन् । पार्टीको आधिकारिक पेजमा फलोवर्स कम हुँदा माओबादीका सबै सूचनाहरू अध्यक्ष पुष्पकमल दाहालको फेसबुक पेजबाट सार्वजनिक हुने गरेका छन् । जसमा हाल करिव  ४ लाख ७६ हजार फलोवर्स रहेका छन् । त्यस्तै अर्को पेज राष्ट्र नायक प्रचण्ड नामक फेसबुक पेजमा ५ लाख ३४ हजार फलोवर्स रहेको छ। यो पेज पहिला प्रचण्डका छोरा स्वर्गीय प्रकाश दाहालको पेज हो। फेसबुक ग्रुपतर्फ भने माओबादी केन्द्रको नाममा दर्जनबढी ग्रुपहरू रहेको देखिन्छ। ट्वीटर तर्फ भने माओबादीको आधिकारिक ह्याण्डल भेटिएन। 
फेसबुक-  ३ हजार १ सय

नेकपा एकीकृत समाजवादी   

नेकपा एमाले चोइटिएर बनेको नेकपा एमाले समाजवादीले पनि आफ्नो आधिकारिक पेज बनाएको छ। यस पेजमा हाल १६ हजार फलोवर्स रहेको छ। ट्वीटरमा पनि समाजवादीको आधिकारिक भनेर लेखिएको हयाण्डल रहेको छ जसमा २७ सय फलोवर्स छन् । ग्रुपतर्फ समाजवादीको दर्जनौ ग्रुप मध्ये ८३ हजार सदस्य भएको ग्रुप सबैभन्दा ठूलो रहेको छ।  
फेसबुक-  १६ हजार
ट्वीटर- २७००

जसपा 

जनता समाजवादी पार्टी नेपालको फेसबुकमा ४ हजार ८ सय फलोवर्स भएको एक पेज भेटिन्छ। उपेन्द्र यादव अध्यक्ष रहेको यस पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईको सोसल मिडियामा राम्रो पकड रहेको छ। ट्वीटरमा जसपाको एक ह्याण्डल भेटिन्छ जसमा जम्मा ४ जना फलोवर्स रहेका छन् । 
फेसबुक-  ४ हजार ८ सय
ट्वीटर- ४

नेताहरूमा कसको कति फलोवर्स ?

सोसल मिडियामा पार्टीका शीर्ष नेताहरूको फलोअर्स हेर्दा अन्य अधिकांसको ५ लाख तल रहेको देखिन्छ। कतिपय नेताहरूको सामाजिक सञ्जाल निकै कम मात्रामा अपडेट हुने गरेका छन् । कतिपय नेता फेसबुकमा निकै सक्रिय छन् भने कुनै नेता ट्वीटरमा बढी सक्रिय रहेका छन्। 

शेरबहादुर देउवा प्रधानमन्त्री तथा पार्टी सभापति, नेपाली कांग्रेस

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाको फेसबुकमा २ लाख २९ हजार भन्दा बढी फलोवर्स रहेका छन् । आफ्नो सामाजिक सञ्जालमा शुभकामना तथा उदघाट्न लगायतका पोस्ट गर्ने गरेका छन् । फेसबुकमा भन्दा ट्वीटरमा देउवाको फलोवर्स धेरै रहेका छन्। देउवाको ट्वीटरमा हाल ३ लाख ८५ हजार फलोवर्स रहेका छन् । 
फेसबुक-  २ लाख २९ हजार
ट्वीटर- ३ लाख ८५ हजार

केपी शर्मा ओली, नेकपा एमाले अध्यक्ष

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सामाजिक सञ्जालमा सक्रिय नेताका रूपमा रहेका छन्। ओलीको फेसबुक पेजमा ३ लाख ३२ हजार फलोवर्स रहेका छन् । ओलीले आफ्नो पेजबाट विभिन्न कार्यक्रमका भाषण तथा धारणहरू पोस्ट गर्ने गरेका छन्। ट्वीटरमा ओलीको फेसबुकमा भन्दा धेरै फलोअर्स रहेका छन् । ओलीको ट्वीटरमा ७ लाख ८१ हजार ९ सय फलोवर्स रहेका छन् । 
फेसबुक-  ३ लाख ३२ हजार
ट्वीटर- ७ लाख ८१ हजार 

पुष्पकमल दाहाल 'प्रचण्ड'- अध्यक्ष नेकपा माओवादी केन्द्र 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेसबुकमा पेजमा हाल ४ लाख ७६ हजार फलोवर्स रहेका छन् । प्रचण्डले पार्टीको तथा आफ्नो घोषणा तथा विचार सो पेजबाट सेयर गर्ने गरेका छन् । हाल माओवादी केन्द्रको आधिकारिक पेजमा ३ हजार १ सयमात्र फलोवर्स रहेका छन् यसैले पनि माओवादीको अधिकांस घोषणा प्रचण्डकै पेजबाट अपडेट हुने गरेका छन् । 
फेसबुक-  ४ लाख ७६ हजार
ट्वीटर-  ३ लाख ५८ हजार

गगन थापा, महामन्त्री,नेपाली कांग्रेस 

कांग्रेस महामन्त्री गगन थापा पनि सामाजिक सञ्जालमा सक्रिय नेताहरूमध्येमा पर्छन् । फेसबुक पेजमा ४ लाख ७९ हजार फलोवर्स भएका थापाका ट्वीटरमा भने ११ लाख फलोवर्स रहेका छन्। थापाले फेसबुकमा चुनावको प्रचार तथा विभिन्न दिवसको शुभकामनाहरू दिने गरेका छन्। 
फेसबुक-  ४ लाख ७९ हजार
ट्वीटर- ११ लाख

माधवकुमार नेपाल - अध्यक्ष, नेकपा समाजवादी

नेकपा समाजवादी अध्यक्ष माधवकुमार नेपालको फेसबुकमा हाल  १ लाख ८८ हजार फलोवर्स रहेका छन् । नेपालले आफ्नो फेसबुकमा पार्टीको घोषणा लगायतका पोस्टहरू गर्ने गरेका छन्। उनको ट्वीटरमा भने ५४ हजार २ सय फलोवर्स रहेका छन् । 
फेसबुक-  १ लाख ८८ हजार
ट्वीटर- ५४ हजार २ सय

रामचन्द्र पौडेल - वरिष्ठ नेता, नेपाली कांग्रेस

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सामाजिक सञ्जालमा सक्रिय नेताका रूपमा चिनिन्छन् । आफ्नो फेसबुक पेजमा भ्रमण तथा अन्य शुभकामनाहरू पोस्ट गर्ने गरेका छन् । पौडेलको फेसबुकमा ३ लाख १० हजार फलोवर्स रहेका छन् भने ट्वीटरतर्फ १ लाख ५६ हजार ७ सय फलोवर्स रहेका छन् । 
फेसबुक-  ३ लाख १० हजार
ट्वीटर- १ लाख ५६ हजार ७ सय

विश्वप्रकास शर्मा- महामन्त्री कांग्रेस 

नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि समाजिक सञ्जालमा सक्रिय नेताका रूपमा परिचित छन् । फेसबुकमा १ लाख ६२ हजार फलोवर्स भएका शर्माले फेसबुकमा आफ्ना अन्तर्वाताका लिंक तथा शुभकामना सन्देशहरू पोस्ट गर्ने गरेका छन् । शर्माको ट्वीटर २ लाख ८३ हजार ५ सय फलोवर्स रहेका छन् । 
फेसबुक-  १ लाख ६२ हजार
ट्वीटर- २ लाख ८३ हजार 

कमल थापा,अध्यक्ष, राप्रपा नेपाल

राप्रपामा पराजित भएर छुटै पार्टी गठन गरेका कमल थापा पनि सामाजिक सञ्जालमा निकै सक्रिय व्यक्तिका रूपमा चिनिन्छन्। फेसबुकमा १ लाख ८७ हजार फलोवर्स भएका थापाको ट्वीटरतर्फ भने निकै फलोवर्स रहेको छ। थापाको ट्वीटरमा ८ लाख १ हजार ५ सय भन्दा बढी फलोवर्स रहेको छ। 
फेसबुक-  १ लाख ८७ हजार
ट्वीटर- ८ लाख १ हजार ५ सय

योगेश भट्टराई- एमाले नेता

एमाले नेता योगेश भट्टराई पनि सामाजिक सञ्जालमा राम्रो फलोवर्स भएका नेताका रूपमा चिनिन्छन्। भट्टराईको फेसबुकमा ३ लाख ५५ हजार फलोवर्स रहेका छन् भने ट्वीटरतर्फ ४ लाख ४८ हजार ४ सय भन्दाबढी फलोवर्स रहेको छ। सामाजिक सञ्जालमा सक्रिय भट्टराई पार्टीको प्रचार तथा आफ्ना विभिन्न कार्यक्रमहरूको पोस्ट गर्ने गरेका छन् । 
फेसबुक-  ३ लाख ५५ हजार
ट्वीटर- ४ लाख ४८ हजार ४ सय

रेखा थापा राप्रपा नेतृ

फेसबुकमा सबैभन्दा बढी फलोअर्स हुनेमा राप्रपा नेतृ रेखा थापा रहेकी छिन्। उनको फेसबुकमा ३३ लाखभन्दा बढी फलोवर्स रहेका छन्। नेपाली चलचित्रमा अभिनय गर्दै आएकी थापालाई फलोगर्नेमा अधिकांस उनका चलचित्रका फ्यान छन्। ट्वीटरतर्फ उनको करिव ७९ हजार फलोवर्स रहेका छन्। 
फेसबुक-  ३३ लाख 
ट्वीटर- ७९ हजार

बाबुराम भट्टराई, लोसपा

​लोकतान्त्रिक समाजवादी पार्टीका नेता बाबुराम भट्टराई पनि सामाजिक सञ्जालमा निकै सक्रिय रहेका छन् । भट्टराई आफ्ना हरेक भनाई तथा समाचारहरू आफ्नो सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन् । फेसबुकमा १५ लाख भन्दा बढी फलोवर्स भएका भट्टराईको ट्वीटरमा पनि १४ लाख भन्दा बढी फलोवर्स रहेका छन् । 
फेसबुक-  १५ लाख 
ट्वीटर- १४ लाख

रविन्द्र मिश्र, विवेकशील साझा

विवेकशील साझा पार्टीका अध्यक्ष रहेका रविन्द्र मिश्र सामाजिक सञ्जालमा सक्रिय नेता रहेका छन्। पूर्व पत्रकार रहेका मिश्र पत्रकारिता छोडेर राजनीतिमा लागेका थिए। हाल फेसबुकमा ८ लाख ५८ हजार फलोवर्स रहेका मिश्रको ट्वीटरमा १० लाख भन्दा बढी फलोवर्स रहेका छन् । मिश्र आफ्नो अकाउन्टबाट पार्टीको प्रचारप्रसार लगायतका जानकारीहरू सेयर गर्छन्।
फेसबुक-  ८ लाख ५८ हजार
ट्वीटर- १० लाख

रामकुमारी झाँक्री - नेकपा समाजवादी नेतृ
समाजवादी नेतृ रामकुमारी झाँक्री हाल सहरी विकास मन्त्री रहेकी छिन्। झाँक्रीको फेसबुकमा हाल १ लाख ८३ हजार फलोवर्स रहेका छन्। त्यस्तै ट्वीटरमा झाँक्रीको १ लाख ४८ हजार ६ सय फलोवर्स रहेका छन् । झाँक्रीले फेसबुकमा पार्टीको प्रचारलगायतको पोस्ट गर्ने गरेकी छिन् ।
फेसबुक-  १ लाख ८३ हजार
ट्वीटर- १ लाख ४८ हजार ६ सय 

ईश्वर पोखरेल- एमाले वरिष्ठ उपाध्यक्ष

एमाले नेता ईश्वर पोखरेल सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । पोखरेलको फेसबुकमा १ लाख २७ हजार फलोवर्स रहेको छ। पार्टीको प्रचार प्रसार तथा आफ्ना धारणा सार्वजनिक गर्ने गरेका छन्। ट्वीटरमा पनि १ लाख १ हजार फलोवर्स रहेको छ। 
फेसबुक-  १ लाख २७ हजार
ट्वीटर- १ लाख १ हजार

शेखर कोइराला - नेता, नेपाली कांग्रेस

कांग्रेस नेता शेखर कोइराला २०१५ देखि फेसबुक पेज तथा प्रोफाइल बनाएर कार्यकर्तामाझ आफ्ना धारणा सेयर गर्ने गरेका छन् । कोइरालाको फेसबुकमा ३७ हजार फलोवर्स रहेका छन् । ट्वीटरमा भने ४८ हजार ७ सय फलोवर्स रहेका छन्। 
फेसबुक-  ३७ हजार हजार
ट्वीटर- ४८ हजार

मिनेन्द्र रिजाल - नेता नेपाली कांग्रेस

नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाल सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । फेसबुकमा १ लाख ६० हजार फलोवर्स भएका रिजालको ट्वीटरमा भने ६७ हजार ८ सय फलोवर्स रहेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा न्युज लिंकहरू पोस्ट गर्ने गरेका छन्।
फेसबुक-  १ लाख ६० हजार
ट्वीटर- ६७ हजार ८ सय

बिना मगर - माओवादी नेतृ

माओवादी नेतृ बिना मगरको सामाजिक सञ्जालमा पनि राम्रो फलोवर्स रहेको छ। माओवादी नेता प्रचण्डकी बुहारी समेत रहेकी मगरको फेसबुकमा हाल ५ लाख भन्दा बढी फलोवर्स रहेका छ। ट्वीटरतर्फ भने मगरको आधिकारिक ह्यान्डल फेला पर्दैन। मगरको फेसबुकमा पार्टीको पोस्ट तथा उनको छोराको पोस्टहरू सेयर गर्ने गरेकी छिन्।
फेसबुक-  ५ लाख 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x