राजनीति

स्थापितकाे अराजक अभिव्यक्ति : यु आर नाइस लेडी तर थुतुनो ठीक छैन [भिडियाे]

इकागज |
बैशाख १५, २०७९ बिहीबार १४:७ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित ‘मि टु’ बारे प्रश्न गरे पछि जङ्गिएका छन् । आज नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेका थिए ।

उनी त्यो प्रश्न पछि आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्ने विरुद्द नै जंगिए । ‘म  जत्तिको मान्छे आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ’ स्थापित प्रश्न विद्यार्थी प्रतिनै जंगिदै भने ‘ यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन ।’


यति भने पछि स्थापितलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरुले आफ्नो स्थानमा बस्नको लागि ताने । उनी बस्न त बसे । उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन । तर उनी फेरि जंगिए । रिसले चुर भएका स्थापित फेरि जंगिदै उठे र भने ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’


Author

थप समाचार
x