राजनीति

मधु अधिकारीले परित्याग गरे राप्रपा

इकागज |
बैशाख २३, २०७९ शुक्रवार १९:२५ बजे

हेटौंडा – ‘राप्रपा’का पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र विभिन्न बेथिति भित्रिएको भन्दै अधिकारीले पार्टी परित्याग गरेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनले शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।  


अधिकारी हेटौंडा उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । तर अन्तिम समयमा आएर दीपक सिंहलाई मेयरको उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए। न्युज कारखाना

 


Author

थप समाचार
x