राजनीति

निर्वाचन अधिकृतले मतपत्रमा रातो, निलो वा हरियो मसीले हस्ताक्षर गर्नुपर्ने

इकागज |
बैशाख २७, २०७९ मंगलबार ९:४२ बजे

फाइल तस्बिर

काठमाडौँ-  निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कलम/ डटपेनको प्रयोग गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले कालो, रातो, निलो वा हरियो प्रयोग गर्न निर्देशन दिएको हो ।

वैशाख ३० गते (शुक्रबार) हुने स्थानीय निर्वाचनको दिन अधिकृतले गर्ने प्रयोग हस्ताक्षरमा सिसाकलमबाहेक कालो, रातो, निलो वा हरियो मसीमध्ये कुनै मसी प्रयोग भएको हुनु पर्ने छ ।


त्यसैगरी, अत्यावश्यकीय सवारीसाधनका लागि भने पास नचाहिने भएको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन,  दमकल, दुरसञ्चार तथा केवल सेवा, शववाहन, स्वास्थ्यकर्मी आवागमन हुने साधनका लागि पास चाहिँदैन । 

त्यस्तै अस्पतालमा कार्यरत चिकित्सकले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला ढुवानी गर्ने साधन, तरकारी र फलफूल ओसार्ने साधन, विद्युत सेवा जस्ता अत्यावश्यक सवारीसाधन  र सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनलई निर्वाचनको दिन सवारी पास नचाहिने निर्वाचन आयोगले जनाएको छ ।


Author

थप समाचार
x