१७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित
फाइल फोटो
काठमाडौँ - निर्वाचन आयोगले ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । आज मतदान सकिएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगले ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।
उनले भने, `आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरु पनि भए । यसको कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाका बाबजुद अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ । राजनीतिक दल राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद सानो विषयमा पनि झाँगिदै जाने र अन्ततो गत्वा त्यसले उग्ररुप लिएको स्थितिका कारण केही ठाउँहरुको प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था र अलिकति आज मौसमको प्रतिकुलताका कारण केही स्थानीय तहमा सबै मतदाताहरुले सहभागी हुन नसकेको स्थिति यी स्थानमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन स्थगन गर्नुभएको छ ।`
स्थगित भएका मतदान केन्द्रहरुमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा छिटै पुनः मतदानको प्रारम्भ गर्नेगरी आवश्यक तयारी गरिरहेका उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया