'मतपत्र च्यातेको होइन, नागरिकलाई अपमान नगरौ'
काठमाडौँ- स्थानीय तह निर्वाचन शुक्रबार दिन देशका विभिन्न क्षेत्रमा तनाव र विभिन्न झडप भयो । तनहुँ व्यास नगरपालिका-८ मा झडप र मतपत्र च्यात्ने कामसमेत भयो ।
सोही क्रममा व्यास ८ बाट मतपत्र च्यातिएको र तोडफोड भएको भिडियो सामाजिक सञ्जामाल भाइरल बन्यो ।
सोही भीडमा रहेका सन्तोष अधिकारीले भने आफूले मतपत्र नच्यातेको दाबी गरेका छन् । मतपत्र च्यातिनु भनेको नागरिकको अपमान हुनु भएको उनले बताए ।आफूले मतपत्र च्यातेको नभइ त्यसको सुरक्षा गर्न माग गरेको उनको दाबी छ । मतपत्र च्यात्ने क्रममा अन्य मानिस सहभागी भएको तर, आफ्नो नाम मुछिएको भन्दै उनले आपत्ति जनाए ।
सोही क्रममा अधिकारीमाथि मतपत्र च्यातेको आरोप लागेको थियो। आफूले मतपत्र च्यातेको भनेर चरित्रहत्या गर्न खोजिएको उनको भनाइ छ ।
तनहुँको व्यास नगरपालिकाको प्रमुख पदका स्वतन्त्र उमेदवार दीपकराज जोशमाथि आक्रमण भएको थियो । तनहुँकै रिस्तीमा उनीमाथि कुटपिट हुँदा टाउकोमा चोट लागेको थियो ।
स्थानीय तह निर्वाचन अन्तर्गत रिस्तीमा आफ्ना बुथ प्रतिनिधि विना मतदान गराइएको भन्दै जोशीले प्रश्न उठाएका थिए । त्यसक्रममा उनीमाथि आक्रमण भएको थियो । इँटा प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया