राजनीति

भरतपुरमा सय मत गणना : कसले लियो अग्रता ?

इकागज |
बैशाख ३१, २०७९ शनिबार १४:५२ बजे

चितवन- भरतपुर महानगरपालिकामा १ सय मत गणना हुँदा विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन् । रेणु दाहालले भने ३७ मत प्राप्त गरेकी छन् । त्यसैगरी जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।

दाहाल गठबन्धनबाट नेकपा माओवादीबाट मेयरको उम्मेदवारी दिएकी हुन् । सुवेदी एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।


नेपाली कांग्रेसको उपमेययरमा चित्रसेन अधिकारीले ३९ मत प्राप्त गरेका थिए । हिमला गुरुङले ३५ मत प्राप्त गरेकी छिन् ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x