राजनीति

भरतपुरमा मत गणक टोली थप हुने

इकागज |
बैशाख ३१, २०७९ शनिबार १६:८ बजे

चितवन- भरतपुर महानगरपालिकामा मतगणना गर्न गणक टोली थपिने भएका छन् । मत गणनालाई तिव्रता दिन एक टोलीले गणना गरिहेकोमा अब दुई टोलीले मत गणना गर्ने भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारीका अनुसार दुई ठाउँमा मत गणना हुनेछ । ५ बजेबाट चार वटा गणक टोलीबाट मतगणना गरि थप तिव्रता दिइनेछ । आवश्यकता अनुसार थप गणक टोली हुनेछ ।


भरतपुर महानगरपालिकाको मतगणना भरतपुर १० स्थित चितवन उधोग संघको औधोगिक प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x