राजनीति

सप्तरीका ११ स्थानमा मतगणना सुरु, लोसपा र जनमत पार्टीको चार पालिकामा अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार १६:२७ बजे

फाइल फोटो

सप्तरी - सप्तरीको १८ मध्ये ११ स्थानीय तहमा मतगणना सुरु भएको छ । 

सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी ६ नगरपालिका र तिरहुत, महदेवा, अग्निसाइर कृष्णसवरन, तिलाठी कोइलाडी र विष्णुपुर गरी पाँच गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई  र रुपनी गाउँपालिका–५ को दुई मतदान केन्द्रमा विवाद भई निर्वाचन स्थगित गरिएको छ । 

अन्य पाँच ठाउँमा सर्वदलीय बैठकपश्चात् मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारी रमेश जोशीले बताए । 

महादेवा र विष्णुपुर गाउँपालिकामा लोसपा नेपाल, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टी, सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस, अग्निसाइर कृष्णसवरण गाउँपालिकामा नेकपा (एमाले), खडक नगरपालिकामा जसपाले अग्रता लिएको छ ।

महादेवा गाउँपालिकामा लोसपाका नगर प्रमुख पदका उम्मेदवार सुनिलकुमार मण्डलले  ११६, जसपाका शिवनन्दन यादवले  ५३ मत प्राप्त गरेका छन् । 

 विष्णुपुर गाउँपालिकामा लोसपाका सुरेन्द्रप्रसाद यादवले १३४ र जसपा नेपालका उमेशप्रसाद यादवले  ३५ मत प्राप्त गरेका छन् । 

कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका नगरप्रमुखका उम्मेदवार इन्द्रदेव कौडगियाले  ३६४ र जसपाका भोला पासवानले  २६३ मत प्राप्त गरेका छन् । 

हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले २८३ र जसपाका शैलशकुमार साहले  ४३ मत प्राप्त गरेका छन् । 

सप्तकोसी नगरपालिकाको प्रमुख पदमा कांग्रेसका कृष्ण ढकालले  ३५०,नेकपा (एमाले)का उत्तम शर्माले १९८ मत प्राप्त गरेका छन् । 

अग्निसाइर कृष्णसवरन गाउँपालिकाको अध्यक्षमा एमालेका दीनानाथ चौधरीले ४०८ मत प्राप्त गरेका छन् । भने कांग्रेसका पर्शुराम चौधरीको १९२ मत छ ।

खडक नगरपालिकामा जसपाका प्रमुख पदका उम्मेदवार हेमायु हकले ३९ र लोसपाका नुनु चौधरीले  ३५ मत प्राप्त गरेका छन् । रासस


Author

थप समाचार
x