झापाको कन्काईमा स्वतन्त्रकै अग्रता
काठमाडौँ–झापाको कन्काई नगरपालिकमा मेयर पदका लागि स्वतन्त्रबाट उठेका शेरबहादुर थापाले अग्रता कायम राखेका छन् । उनी ६ सय ८६ मत ल्याएर पहिलो स्थानमा छन् । उनलाई पछ्याउने क्रममा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले ४ सय ३६ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै कांग्रेसका रुद्रप्रसाद चिमरियाले १ सय ७० मत ल्याएका छन् भने राप्रपाका श्याम सुन्दर ओलीले ६० मत ल्याएका छन् ।
उपमेयर पदमा भने एमालेकी मन्जु प्रसाईंले ५ सय ९८ मत ल्याएर अग्रता लिएकी छिन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी आसा शिवाकोटीले ४ सय ३६ मत ल्याएकी छिन् । राप्रपाकी सचित्रा खनालले १ सय १० मत ल्याएकी छिन् भने एकीकृत समाजवादीकी अम्बिकादेवी महतले ४० मत ल्याएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया