राजनीति

भरतपुरमा रेणुको छेउ–छेउ पुग्दै एमालेका विजय

इकागज |
जेठ १, २०७९ आइतवार २:६ बजे

काठमाडौं–स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकालाई देशभरबाट चासोका रुपमा हेरिएको छ । गठबन्धनबाट प्रचण्ड पुत्री रेणु दाहालको उम्मेदवारी र कांग्रेसबाट उनको विरुद्धमा अर्काे उम्मेदवारी परेकाले परिणाम के होला भन्ने आम चासोको विषय बनेको हो ।

यहाँ रेणुलाई कांग्रेसबाट बागी दिएका जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेको छ । उसैमाथि एमालेका विजय सुवेदीले पछिल्लो मत परिणाम अनुसार पछ्याइरहेका छन् । अहिले उनी रेणुले पाएको मतको छेउ छेउमा पुगिसकेका छन् ।


भरतपुरमा मतगणना जारी छ । हालसम्म रेणु नै अगाडि छिन् । तर उनलाई थोरै मतले पछाडि रहँदै एमालेका सुवेदीले पछ्याएका हुन् ।
रेणुले हालसम्म ५६९ मत पाएकी छिन्। एमालेका सुवेदीले ५१९ मत ल्याएका छन् । यो भनेको कुल गणना गरिएको मतमध्येबाट रेणुले ४५ प्रतिशत र सुवेदीले ४१ प्रतिशत मत ल्याएका हुन् ।

उता उपमेयरमा रेणुको साथ पाएका कांग्रेसका उम्मेवार चित्रसेनअधिकारीले ५४० मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३८५ मत ल्याएकी छन् ।


Author

थप समाचार
x