राजनीति

भरतपुरमा रेणुलाई भेट्न सकेनन् एमालेका विजयले

इकागज |
जेठ १, २०७९ आइतबार ४:५२ बजे

काठमाडौं– देशभरबाट चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । यहाँ गठबन्धनबाट माओवादीका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल मेयर पदका लगि चुनावी मैदानमा छिन् । उनका प्रतिष्पर्धी छन् नेकपा एमालेका विजय सुवेदी ।

रेणुले आफ्नो अग्रता कायमै राखेकी छन् । गणना गरिएको मतको घोषणा हुँदा निकटतम रहेका विजयले बेला बेलामा रेणलाई भेट्न खोज्छन् र चुनावी परिणाम रोचक बन्न जान्छ । फेरि अर्काेपटक रेणुले मतान्तर बढाउँछिन् । यसरी अझैसम्म पनि भरतपुरको मेयर पदका लागि विजयले रेणुलाई उछिन्न मात्रै हैन भेट्टाउनसमेत सकेका छैनन् ।


पछिल्लो मत परिणाम अनुसार रेणुले ७६२ मत प्राप्त गरेकी छन् । त्यस्तै विजय ६७० मतमा छन् । रेणुकै गठबन्धनबाट कांग्रेसबाट उपमेयर उठेकोचित्रसेन अधिकारीले ८०० मत पाएका छन् । राप्रपाबाट उपमेयरमा उठेकी हिमला गुरुङ ५३२ मतमै खुम्चिएकी छन् ।
 


Author

थप समाचार
x