राजनीति

नागरिक उन्मुक्तिको प्यानल नै विजयी

इकागज |
जेठ १, २०७९ आइतबार ७:५३ बजे

कैलाली – कैलालीको टिकापुर नगरपालिका अन्तर्गत वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । नागरिक उन्मुक्तिका बल वीर थारु विजयी भएका हुन् । उनले ८२० मत प्राप्त गरे । 

नेपाली कांग्रेसका अनन्त खड्काले ४६१ मत तथा नेकपा एमालेका विजय सार्कीले ४४७ मत प्राप्त गरे ।


सदस्य पदमा पनि बल वीरकै प्यानल विजयी भएको छ । बलराम चौधरीले ८५९ तथा कन्हैया चौधरीले ८२३ मत सहित विजयी भए ।


Author

थप समाचार
x