राजनीति

भरतपुरमा 'एमसीसी मुर्दावाद र दलाललाई मत दिन्नौँ' लेखेका दुई मतपत्र भेटिए

इकागज |
जेठ १, २०७९ आइतबार ८:२३ बजे

चितवन- भरतपुर महानगरपालिकाको मतगणनामा एमसीसीविरुद्धको दुई वटा मतपत्र भेटिएको छ । मतपत्रमा 'एमसीसी मुर्दावाद र दलाललाई मत दिन्नौँ' भनेर लेखिएको पत्र भेटिएको मतगणना केन्द्रमा रहेका दलका प्रतिनिधिले जानकारी दिए ।

मतगणना सहभागी दलका प्रतिनिधिका अनुसार मतपत्रको बिच भागमा एमसीसी मुर्दावाद र सानो चिटमा दलाललाई मत दिदैनौँ भनेर लेखिएको थियो ।


महानगरमा हालसम्म वडा १ को मतगणना भइरहेको छ । मेयरको तीन सय र उपमेयरको २ सय २४ मत बदर भएको छ ।

दलको गठबन्धन रहेकाले धेरै मतपत्र बदर भएको छ । मतपत्रमा मेयर चिन्हका लागि मतदान गर्दा मतपत्रमा चिन्हमा मत लगाउँदा बदर हुने गरेको छ ।

महानगरपालिकाको मतगणना भरतपुर १० स्थित चितवन उधोग संघको औधोगिक प्रदर्शनी केन्द्रमा भइरहेको छ । जहाँ निर्वाचनमा सहभागी दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि मिलेर मत गणना गरिरहेका छन् ।

ती हजार १ सय ६८  मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार १ सय ७८ मत ल्याएकी छिन् ।

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ६८ मत  ल्याएका छन् ।

अहिले तीन वटा केन्द्रबाट गणना भइरहेको छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 

 

 

  


Author

थप समाचार
x