खैरहनी नगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता
चितवन- खैरहनी नगरपालिकाको स्थानीय निर्वाचनको मेयरमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार शशी खनियाले २ हजार ९ सय ३ र नेकपा एमालेका लालमणी चौधरीले १ हजार ८०२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा माओवादीकी लक्ष्मी ढकालले २ हजार १ सय ५१ र एमालेकी कविता उप्रेतीले २ हजार ३९ मत ल्याएकी छिन् ।
वडा १,२ र ३ को मतगणना भइरहेको छ । हालसम्म ५ हजार ६ सय ४४ मत प्राप्त भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया