पर्वतको पैयूँमा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा, ११ मतको फरक

काठमाडौं– पर्वतको पैयूँ गाउँपालिकामा मतगणना सुरु भएको छ । यहाँ सुरुआती मत परिणाममै दुई दलबीच प्रतिष्पर्धा देखिएको छ ।
यो गाउँपालिकामा नेकपा एमाले र कांग्रेसबीच व्यापक प्रतिष्पर्धा देखिएको हो । हालसम्म अध्यक्ष पदमा नेकपा एमालेका महेन्द्रकुमार श्रेष्ठले ७८५ मत प्राप्त गर्दा कांग्रेसका तोरण मल्ल ठकुरीले ७७४ मत प्राप्त गरेका छन् । अध्यक्षमा ११ मतको फरक छ ।
त्यस्तै, उपाध्यक्षमा एमालेकी यामकुमारी रानाले ८०७ मत प्राप्त गर्दा कांग्रेसकी जानकी प्रधानले ७२९ मत ल्याएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया