राजनीति

बाँकेको नरैनापुरमा तीन दलको मिश्रित परिणाम, अध्यक्षमा जसपाका शाह अगाडि

इकागज |
जेठ २, २०७९ सोमवार ३:५९ बजे

काठमाडौं– बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी अगाडि बढेको छ । अध्यक्ष पदमा जसपाका इश्तियाक अहमद शाह ३९३ मत ल्याउँदा कांग्रेसका रामचन्द्र मौर्य चौधरीले ३१६ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका पदमावती यादवनीले १९२ मत पाएकी छिन् । 
 


अध्यक्षमा तेस्रो स्थनमा रहेको एमाले उपाध्यक्षमा भने अगाडि छ । एमालेका पञ्चराम यादव ३६१ मतसहित अगाडि छन् । उनलाई जसपाकी जयान्तीदेवी रुीवास्तवले पछ्याइरहेकी छिन् । २ मतले अग्रता लिनबाट चुकेकी उनको हालसम्म ३५९ मत रहेको छ । कांग्रेसका अतीकुन निसाकोले ३०६ मत प्राप्त गरेका छन् ।
 


Author

थप समाचार
x