राजनीति

सिन्धुपाल्चोकको बलेफीमा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

इकागज |
जेठ ३, २०७९ मंगलबार ०:४३ बजे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मिश्रित परिणाम आएको छ ।  गाउँपालिकाको अध्यक्षमा गंगाबहादुर तामाङ अध्यक्षमा निर्वाचति भएका छन् । उनी माओवादी केन्द्रका हुन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ विजयी भइन् ।

तामाङ ४ हजार ६६६ मतसहित निर्वाचित भएका हुन् । उनी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमिल्सनाले ४ हजार १०५ मत पाएका थिए । एमालेका नारायणकाजी श्रेष्ठ ३ हजार ३८ पाए ।


उपाध्यक्षमा भने कांग्रेसबाट विजयी भएकी सरुले  ४ हजार ३९४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सपना थापाले ३ हजार ६३३ मत ल्याइन् । एकीकृत समाजवादीका ढालबहादुर थापाले २ हजार ४१८ मत पाए।


Author

थप समाचार
x