राजनीति

काठमाडौंकी सुन्दरी सुनिताको मत प्रतिष्पर्धीको भन्दा ५६१० ले बढी

इकागज |
जेठ ३, २०७९ मगलवार ४:१० बजे

काठमाडौं– नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोल फराकिलो मतान्तरका साथ अगाडि छिन् ।

उनका प्रतिष्पर्धी ​रामेश्वर श्रेष्ठसँग उनले फराकिलो अग्रता बनाएकी हुन् । पूर्व मिस नेवाः समेत रहेकी डंगोलले पछिल्लो मत परिणाम अनुसार ७ हजार ८ सय ३० मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी श्रेष्ठको मत २ हजार २ सय २० छ ।


काठमाडौं महानगरपालिकाको मतगणना अझै जारी छ । सुन्दरी सुनिताले काठमाडौंमा लोकप्रिय मत पाएकी छन् । श्रेष्ठसँग सुनिताको मत अन्तर ५ हजार ६ सय १० रहेको छ ।


Author

थप समाचार
x