कोशी

दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो ८६ करोडको बजेट तथा कार्यक्रम

इकागज |
असार १०, २०७९ शुक्रबार २१:५२ बजे

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम पेस गरेको छ । शुक्रबार सम्पन्‍न आठौं नगर सभामार्फत नगरपालिकाले कूल ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको हो । 

उपमेयर बिसन राईले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालूतर्फ अनुमानित ६१ करोड ३९ लाख ३६ हजार र पुँजीगततर्फ २४ करोड ६४ लाख ४१ हजार बजेट प्रस्तुत गरिएको छ ।


संघीय सशर्त अन्तरगत चालूतर्फ ४१ करोड ६१ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख, संघीय विशेष अनुदानबाट सञ्‍चालित आयोजनाका लागि १ करोड ८५ लाख विनियोजन गरिएको छ । यस्तै, संघीय समपूरकबाट सञ्‍चालित योजनाका लागि ४० लाख, प्रदेश समपूरकबाट सञ्‍चालित आयोजनाका लागि १ करोड, प्रदेश सशर्त अन्तरगत चालूतर्फ ३३ लाख २३ हजार र पुँजीगततर्फ ६६ लाख ९३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने योजनाका लागि १ करोड ४४ लाख ८६ हजार विनियोजन गरिएको छ । 

यस्तै, नगरको प्रशासनिक खर्चतर्फ १३ करोड ७५ हजार, कार्यक्रम सञ्‍चालन खर्च ३ करोड २४ लाख, वडागत पुँजीगत योजनाका लागि ४ करोड ७५ लाख ५० हजार, वडागत चालू खर्चतर्फ १ करोड ४६ लाख र क्रमागत ठूला आयोजनाका लागि ३ करोड ८ लाख विनियोजन गरिएको छ ।

वडामा विगतको तुलनामा पुँजीगततर्फ ६ लाख र चालूमा १ लाख थप बजेट पठाइएको उपमेयर राईले जानकारी दिए । कार्यक्रममा मेयर तीर्थराज भट्टराईले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x