मेयर हर्क साम्पाङको सय दिन : खानेपानीको मुहान थप्नेदेखि बगरमा बत्ति बाल्नेसम्म
काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन् । सय दिनमा १३ वटा कामका विवरण सार्वजनिक गरेका हुन् ।
सय दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै साम्पाङले फेसबुकबाट कामको विवरणहरू सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको उल्लेख गरेका छन् ।
त्यस्तै चार ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख विरुवा रोपेको उल्लेख गरेका छन् ।
'व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ । सरसफाइमा देखिने सुधार ल्याएँ' उनले लेखेका छन् 'प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ । जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।'
साम्पाङले गरेका कामहरू
सय दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया