कोशी

प्रदेश १ का मन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

इकागज |
असोज ९, २०७९ आइतबार १७:७ बजे

विराटनगर- प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो हटाएका छन् ।

पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारमा जनता समाजवादीबाट मन्त्री बनेका यादवले राष्ट्रपतिको फोटो हटाएर प्रदेश प्रमुख र प्रधानमन्त्रीको फोटो हटाएर मुख्यमन्त्रीको फोटो कार्यकक्षमा झुण्ड्याएका हुन् । उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको फोटो हटाएर कार्यकर्ताको फोटो राखेकाे सामाजिक संजालमा सार्वजनिक गर्दै पहिचानसहितको संघीयता कार्यान्वयन गरिएको संकेत गरिएकाे बताए ।


उनले फोटो राख्दै भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल–जिन्दावाद !, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचानसहितको–संघीय अभिवादन !’


Author

थप समाचार
x