कोशी

मन्त्रीको निधनमा शोक

प्रदेश १ मा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डासमेत झुकाइने

इकागज |
कात्तिक २४, २०७९ बिहीबार ६:१६ बजे

काठमाडौँ - प्रदेश १ सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले राष्ट्रिय झण्डासमेत झुकाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्री थापाको उपचारकै क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो।


थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए । थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए। थापाका श्रीमती, एक छोरी र एक छोरा छन् ।


Author

थप समाचार
x