कोशी

चिर्पट प्रहार गरी हत्या, एक जना पक्राउ

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १२:११ बजे

मोरङ- बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको छ । 

बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसी बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । 


उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गम्भीर घाइते करणको गोल्डेन अस्पताल बिराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x