कोशी

प्रदेश १ : समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए एक–एक लाख मत

इकागज |
मंसिर ८, २०७९ बिहीबार १७:१ बजे

विराटनगर । प्रदेश १ मा नेकपा एमाले र नेपाली कांग्रेसले समानुपातिकतर्फको मत संख्या एक लाख कटाएका छन् ।

प्रदेशसभातर्फ ५६ निर्वाचन क्षेत्रमध्ये ५२ वटामा मतगणना जारी रहँदा एमालेले समानुपातिकतर्फ १ लाख २१ हजार २०८ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १ लाख ११ हजार ५७९ मत प्राप्त गरेको छ ।


प्रदेश १ मा माओवादी केन्द्रले ४५ हजार २३५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४३ हजार ७६, जसपाले १८ हजार ३६० मत प्राप्त गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले अहिलेसम्म ८ हजार ९२४ मत पाएको छ । जनमत पार्टीले ६ हजार ५२५ प्राप्त गरेको छ ।


Author

थप समाचार
x