कोशी

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ

इकागज |
पुस २५, २०७९ सोमबार १५:१४ बजे

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले आफ्नो मन्त्रिमण्डलमा तीन जना विनाविभागीय मन्त्री पनि नियुक्त गरेका छन् ।


विनाविभागीय मन्त्रीहरूमा नेकपा एमालेका तीलप्रसाद मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बुले शपथ ग्रहण गरेका छन् ।

एमालेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले भने प्रदेश १ को मुख्यमन्त्री आलोपालोको माग गर्दै अहिले सरकारमा सहभागी नहुने जनाएको छ ।


Author

थप समाचार
x