कोशी

प्रदेश नं १ कि उपसभामुख दनुवारद्वारा शपथ ग्रहण

इकागज |
पुस ३०, २०७९ शनिबार १९:१ बजे

मोरङ- प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज शपथ गराएका छन् । 
    
सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत)को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएकी दनुवारलाई सोही नियमावलीअनुसार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।    
    
प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभाका सदस्यको सपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो ।    
    
 उपसभामुख दनुवारले आजै पदभार ग्रहण गरेकी छन् ।        



Author

थप समाचार
x