कोशी

छात्रवृत्तिका लागि आवेदन आह्वान

पालिका अध्यक्षले आफ्नै लगानीमा एक जनालाई एमबीबीएस पढाउने

इकागज |
माघ १३, २०७९ शुक्रबार ७:२३ बजे

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउने भएका छन् । उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गरेका हुन् । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गरेका हुन्।

उनले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेका छन् । अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरेका छन् । 



Author

थप समाचार
x